राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहको नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो । उहाँले भारतको सीमा मिचेको दाबीको आधार संसदमा पेश गर्न प्रधानमन्त्रीसँग माग गर्नुभयो । 

्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उहाँको भनाई छ । नेता शाहीले प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरू प्रमाणसहित पुष्टि गर्नुपर्ने वा अन्यथा संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।


नेता शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा उठाएको विषय भएकाले त्यसको पुष्टि आवश्यक रहेको जिकिर गर्नुभयो ।