विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । 

प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्‍‍मा नाराबाजी गरेका हुन् ।
बुधाबार देखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची रहेको छ ।

जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले नाराबाजी गरेका हुन् । विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि सभामुखले विपक्षी दलका सांसदहरूले आफ्नो धारणा राख्ने मौका दिनु भएको हो । प्रधानमन्त्री नआएसम्म नीति कार्यक्रममाथि छलफल नहुने भन्दै प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिनु भएको हा ।