प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ।
यसअघि भने नयाँ प्रधानमन्त्रीहरूले पदभार सम्हालेको केही दिनमै राजदूतहरूलाई कार्यालय वा निवासमै बोलाएर छुट्टाछुट्टै भेट गर्ने अभ्यास थियो । उक्त अभ्यासप्रति बौद्धिक वर्ग र सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । तर विगतको अभ्यास बालेनले तोड्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज पहुँचको अभ्यास देखिएकोमा यसपटक त्यो परम्परामा अन्त्य हुने बताए ।
उनले भनेका छन्, ‘परराष्ट्रमन्त्री शिशिर खनाल सहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ ।’