प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अनौठो तर्क गर्नुभएको छ ।

प्रधानमन्त्री साहले आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा कूटनीतिक मर्यादा विपरीतको तर्क गर्नु्भएको हो ।

प्रधमानमन्त्री साहले संसदमै कूटनीतिक मर्यादा विपरीतको धारणा व्यक्त गरेपछि प्रतिपक्ष सांसदहरुले त्यसप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले पुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको सदनलाई जानकारी आउनुभएको छ ।

यद्यपि प्रधानमन्त्री साहले नेपाल भारतको सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनुभयो ।