काठमाडौं प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनु भएको छ ।
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहदै आएको छ भने सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको छ ।
तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनु भएका प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने बताउदै समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले जनाएको छ ।