काठमाडौं  राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह असोभनीय तवरले संसदबाट बाहिरिएपछि सर्वत्र आलोचना भएको छ

प्रतिपक्ष दलहरुको त्यसपति आपत्ति जनाउँदै संसदमा जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री साह संसदमा अर्मादित र गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भएको भन्दै आलोचना गर्नुभएको छ । कांग्रेस सचेतक थापाले पदभन्दा ठ्रूलो मर्यादा र मर्यादा भन्दा ठूलो जनविश्वास हुने भन्दै यसबारे सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनु भएको छ ।

कांग्रेस सचेतक थापाले प्रधानमन्त्री साहलाई संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गर्नुभएको छ ।