काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार छलफल गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्याह्न १२ बजेदेखि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे । सचिवालयका अनुसार प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग छलफल गर्नुहुनेछ । उहाँले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरिसक्नुभएको हाे ।
सचिवालयले जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन छलफलको शुरुवात गरिएको जनाएकाे छ। प्रधानमन्त्री शाहसँगको छलफलमा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती र समाधानकाे उपाय बारेमा धारणा प्रस्तुत गर्ने जनाइएकाे छ।