काठमाडौं प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्री साहको पटक–पटकको गतिविधिले नेपाली जनता, संसद, जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गर्नुभएको छ । प्रमुख सचेतक महरले प्रधानमन्त्री साहका राष्ट्रघाती कदमहरुले आफूलाई नै लज्जित बनाएको पनि बताउनुभयो । उहाँले जनतासँग कामै गरेर देखाउने भनेर आएको दलको सरकारले जनता विरोधी काम गरेको देख्दा दुःख लागेको पनि बताउनुभएको छ ।

प्रमुख सचेतक महरले सरकारले देश र जनतामाथि विश्वास घात गरिरहेको पनि बताउनुभयो ।