काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री साहको निजी सचिवालयले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा सोही छलफल भएको जनाएको हो ।
छलफल विशेषगरी सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्र पहिचान गर्न र ती प्राथमिकतालाई आगामी बजेट तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्न केन्द्रित रहेको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता गरिमामय निकायको वर्तमान जिम्मेवारी, उनीहरूले तर्जुमा गरेका कार्यक्रम र बजेटको सान्दर्भिकताका बारेमा चासो व्यक्त गर्नुभएको छ।
छलफलमा प्रधानमन्त्री शाहले देशको अर्थतन्त्रलाई गति दिन र जनअपेक्षा अनुसारका काम अघि बढाउन सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । सहभागी निकायले आ–आफ्नो कार्यक्षेत्रमा भोगिरहेका समस्या र कार्यसम्पादनमा सुधार ल्याउन चाल्नुपर्ने कदमको बारमो प्रधानमन्त्री साहलाई जानकारी गराएका छन्। छलफलमा अर्थमन्त्री वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग सहभागी भएका थिए ।