नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
सिंहदरबारस्थित संसद परिसरमा आइतबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो आपत्ति जनाएको हो । प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने उहाँले बताउनुभयो ।
सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको भन्दै आपत्ति जनाउनुभयो ।