काठमाडौ श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ ।
हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंको शान्तीबाटिकामा मंगलबार खबरदारी सभाको आयोजना गर्दै प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो । सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावना चोट पु¥याएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री साहको अभव्यिक्ति राष्ट्रिय हित र स्वाभिमानमाथि प्रहार भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिन आग्रह समेत गर्नुभयो ।
प्रधामनमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिनुभएको थियो । सोही विषयलाई लिएर विपक्षी दलहरुले संघीय संसदको बैठकमा अवरोध गर्दै आएका छन् ।