काठमाडौं ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको सीमा सम्बन्धी अभिव्यक्ति देशविरोधी भएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने अडान लिएको छ ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री साहको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको हो ।
प्रधानमन्त्री साहले गएको जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने भनाइ व्यक्त गर्नुभएको थियो । यस्तो अभिव्यक्तिको प्रतिपक्ष दलसहित विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री साहले रास्वपाको महाधिवेशनमा राष्ट्रियताको सवालमा आफू र वर्तमान सरकारलाई शंका नगर्न आग्रह गसिरसक्नुभएको छ । तर श्रम संस्कृति पार्टीले भने संसदमा अझै त्यो प्रसङ्ग उठाउन छाडेको छैन ।
श्रम संस्कृतिले त्यही प्रसङ्ग दोहोर्याउँदै प्रधानमन्त्री साहको त्यो अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।