काठमाडौं नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमी मिचेको जानकारी माग गर्नुभएको हो ।

प्रधानमन्त्री साहले संसदको रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताउनुभएको थियो । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मुख्य सचेतक थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्नुभएको छ ।
मुख्य सचेतक थापाले दुई देशबीचको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री साहले तथ्यविनै बोलेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभयो । यदि प्रधानमन्त्री साहको सत्य हो भने त्यसको आधार प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ छ ।