काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र साह र अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्यालयमा बुधवार भएको भेटवार्तामा उहाँहरुबीच जलवायुजन्य विपद्को जोखिमबारे छलफल भएको छ । भेटवार्तामा प्रधानमन्त्रीले जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न कार्यवाहक राजदूत बोल्डिनलाई अनुरोध गर्नुभएको छ । कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कठिन घडीमा नेपाली जनताप्रति अमेरिकी सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।

राजदूत बोल्डिनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको समेत जानकारी गराउनुभएको छ ।