काठमाडौं

प्रधानमन्त्री बालेन्द्र साह र विभिन्न मुलुकका राजदूतहरुबीच सामूहिक छलफल भएको छ ।

प्रधानमन्त्री साहले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले १२ मुलुकका राजदूतसँग छलफल गर्नूभएको हो । बुधबार दिउँसो सिंहदरबारमा भएको सामूहिक छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल समेत सहभागी हुनुभएको थियो । छलफलमा सहभागी राजदूतहरुले नयाँ सरकारको कार्यदिशा र प्राथमिकताको बारेमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलम प्रधानमन्त्री साहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।