काठमाडौं  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आन्तरिक किचलो झनै बढ्दै गएको छ ।

पार्टीको विशेष महाधिवेशनदेखि शुरु भएको कांग्रेसको आन्तरिक विवाद पछिल्लो समस्य चर्मोत्कर्षमा पुगेको हो । पूर्वसभापति शेयरबहादुर देउवा पक्षले गगनकुमार थापाको निर्णय अस्वीकार गर्दै नेतृवविरुद्धको गतिविधिलाई तीव्रता दिएपछि कांग्रेसमा कलह झाँगिएको छ ।

कांग्रेसले नियमित अन्तर्गतको १५ औं महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसको लागि क्रियाशील सदस्यता छुट नवीकरण र अद्यावधिक लगायतका कार्य जेठ २१ गतेभित्र्र सक्ने कांग्रेसको योजना छ ।

कांग्रेसमा संस्थापन पक्ष महाधिवेशनमा जुटे पनि देउवा समूह भने नेतृत्वविरुद्ध समानन्तर गतिविधि गर्दै पार्टीभित्र बलियो बन्ने दाउमा छ । त्यस्तो कार्यमा पूर्वउपसभापति पूर्णबहादुर खड्का जोडदार रुपमा लाग्नुभएको छ । कांग्रेसका नेता खड्काले सभापति थापाको सदस्यता अद्यावधिक सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

 सभापति थापाले गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै वडा सभापतिले सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिनुभएको थियो ।

ूर्वउपसभापति खड्काले शनिबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रम मार्फत त्यसको प्रतिवाद गर्नुभएको हो । पूर्वसभापति खड्काले विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चिएको र रास्वपाले दुई तिहाइ मत प्राप्त गरेको दावी गर्नुभयो ।