काठमाडौं संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रधानन्यायधीश डा मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायधीश बन्न नै अयोग्य रहेको उजुरी परेको छ ।
उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा प्रश्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध योग्यताको प्रश्न उठाउँदै उजुरी दिनुभएको हो । उहाँले शर्मा सर्वोच्च अदालतको न्यायाधीश हुन नै अयोग्य रहेको दाबी गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतको न्यायाधीश हुन कम्तीमा १५ वर्ष वकालत गरेको, वा ७ वर्ष उच्च अदालतमा न्यायाधीश भएको, वा १२ वर्ष न्यायिक निकायमा काम गरेको, वा सर्वोच्च अदालतमा १२ वर्ष प्रथम श्रेणीको कर्मचारी भएको हुनुपर्ने बताउनु भयो । तर डा शर्मासँग ती कुनै पनि योग्यता नभएको उहाँको तर्क छ ।
सर्वोच्च अदालतमा दायर गरिएको रिटसमेत खारेज गरेर शर्मालाई न्यायाधीश कायम गरिएको उहाँको आरोप छ । उहाँले समितिले संविधान र न्यायिक मर्यादाअनुसार निर्णय गर्नुपर्ने भन्दै संसदीय समितिबाट शर्मा नाम अस्वीकृत गर्न माग गर्नुभयो ।
उहाँले प्रश्तावित प्रधानन्यायधीश शर्माले न्यायधीश हुदा गरेका फैसला पनि विवादीत रहेको बताउनु भयो । एनसेललाई दिएको करछुट विरुद्धको रिट खारेज गरेर देशलाई ठूलो आर्थिक घाटा पु¥याएको उहाँको दाबी छ ।