प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।

आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

हृदयघात भएपछि हिजो उहाँलाई अस्पताल भर्ना गरिएको थियो । सन् १९३३ मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गर्नु भएको थियो ।
उहाँले सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड। गराउनु भएको थियो । झन्डै तीन दशमसम्म उहाँ धेरैजसो सङ्गीतकारहरूको रोजाइको गायिका पर्नुभयो ।आशा भोसलले २० वटा भाषामा १२ हजारभन्दा धेरै गीत गाउनु भएको थियो । उनका ‘चुरालिया है तुम ने जो दिलको’, ‘दम मारो दम’, ‘ए मेरा दिल’, ‘जवानी जाने मन’, लगायत थुप्रै गीतहरू चर्चित छन् ।उहाँले ‘गैरी खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘तिमी मेरो म तिम्रो’ लगायतका नेपाली गीतहरू पनि गाउनु भएको थियो ।