काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र साहले कुनै पनि पेशामा सफल हुन नैतिकता, निष्ठा र इमानदारिता चाहिने बताउनुभएको छ । 

प्रधानमन्त्री साहले सोमवार प्रहरी निरीक्षकहरु आधारभूत तालिममा ‘पेशागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्रीले प्रहरीले जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिवद्ध रहन निर्देशन समेत दिनुभएको छ । 

प्रधानमन्त्रीले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।