काठमाडौं प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिवलाई छुन नसकेको टिप्पणी गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताउनुभयो । उपनेता अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिव बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराउनुभयो ।