काठमाडौं बागमती प्रदेशमा गणतन्त्र दिवस तीन दिनसम्म विशेष रुपमा मनाइने भएको छ ।

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको बैठकले जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस धुमधामसँग मनाउन प्रदेशसभाका सभामुख, सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।