काठमाडौं बागमती प्रदेश सरकारले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने र व्यवसायीहरूका लागि विशेष कर छुटको प्याकेज घोषणा गरेको छ । 


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यस्तो घोषणा गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले प्रदेशको मुख्य राजस्वको स्रोत यातायात क्षेत्र रहेको उल्लेख गर्नुभयो । यसलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्ने योजना अघि सारिएको बताउनुभएको छ । 


मुख्यमन्त्री बानियाँले यातायात व्यवसायी र निजी क्षेत्रको योगदानले नै प्रदेश र देशको अर्थतन्त्र चलायमान भएको स्वीकार गर्नुभयो । व्यवसायीको हित र सडक पूर्वाधारको सुधारका लागि सधैँ तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।