काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्य तिब्रताका साथ अघि बढाइएको बताउनुभएको छ । 

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको बताउनुभएको हो । मन्त्री तिमिल्सिनाले बाढीबाट प्रभावितक्षेत्रमा दूरसञ्चार सेवालाई प्राथमिकताका साथ पुनस्र्थापना गरिएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

जसमध्ये बाँकी साइटहरूमा वैकल्पिक टावरको व्यवस्था गरी सञ्चार सेवा अवरुद्ध हुन दिइएको छैन ।

हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कुल २९१ वटा साइटमा क्षति पु¥याएकोमा हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन् । बाँकी ४५ वटा साइटमा विद्युत आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने मन्त्री तिमिल्सिनाको भनाइ छ ।