काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता भोटेकोशी बाढी पीडितलाई राहत र भरोसा दिनु रहेको बताउनुभएको छ ।

बाढीपछिको अवस्था अवलोकन गर्न नुवाकोटको त्रिशूली पुग्नुभएका नेकपा एमालेका अध्यक्ष ओलीले सबै मिलेर संकटको सामना गर्नुपर्नेमा जोड दिनुभएको छ । ओलीले भोटेकोशी नदीको यसपटकको बाढीको प्रकृति र बहावको धार अस्वाभाविक रहेको उल्लेख गर्दै बालबालिकाको शिक्षा र बिरामीको नियमित औषधोपचारतर्फ सरकारको ध्यानाकषर्ण गराउनुभएको छ । बाढी प्रभावित क्षेत्रमा उच्च पदस्थ अधिकारीहरूको भ्रमण केवल औपचारिकतामा मात्र सीमित हुन नहुने ओलीको भनाई छ ।

अध्यक्ष ओलीले एमालेको तर्फबाट राहत तथा सहयोग कार्य अझ तीव्र बनाइने प्रतिवद्धता समेत जनाउनुभएको छ ।