काठमाडौं ।
देशमा सङ्कट परेको बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ । सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाहले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको समेत बताउनुभएको छ । उहाँले मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको भन्दै दुःख ब्यक्त गर्नुभयो । प्रधानमन्त्री वालेन्द्र शाहले देशमा आएको विपत्तिसँग लड्ने विकल्प नभएको बताउनुहुँदै आफ्नो मान्छे बाढीबाट गुमाएर पीडामा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै आफ्नो मान्छे फेला नपरेर बाटो हेरिरहेकासँग आफूले पनि गहिरो दुख महसुस गरेको बताउनुभयो । प्रधानमन्त्री शाहले भोटकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेको जानकारी समेत दिनुभयो ।
विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी गराउनु भयो । प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । प्राधिकरणलाई पठाइएको उक्त १ अर्ब रुपैयाँमध्येबाट हालसम्म विभिन्न १५ वटा पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको र विपद् प्रभावित क्षेत्रका स्थानीय तहलाई सिधै बजेट पठाएर राहत र पुनस्र्थापनाको कामलाई तीव्रता दिइएको जानकारी गराउनुभयो ।