काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम हुन थालेपछि सरकारले हैजाविरुद्धको खोप तथा औषधि पठाएको छ ।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणाली क्षतिग्रस्त हुँदा प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेको छ ।
प्रभावित क्षेत्रमा हैजाको जोखिम देखिएपछि नुवाकोट र रसुवामा २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको हो ।स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने कार्य भइरहेको जनाएको छ ।