काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।


चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष लिङ्देनले बालेन्द्रले नेपालमा राजा ल्याउने विश्वास गरेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दावी गर्नुभयो ।


अध्यक्ष लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसर गुमाए सिंगो मुलुकले धोका पाउने पनि बताउनुभएको छ ।