काठमाडौंमा । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले बालेन्द्र सरकारले धेरै गल्ती गरेको बताउनुभएको छ ।

आइतबार आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारको आयुलाई लिएर देशभर प्रश्न उठिरहेकोे समेत टिप्पणी गर्नुभभयो । नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूृहरुले नयाँ पार्टी खोल्न लागेको दावी समेत गर्नुभएको छ । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताउनुभयो ।

नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गर्नुभयो । उहाँले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईले गर्ने समेत बताउनुभएको छ ।