काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएकाे छ ।
नयाँ दिल्लीमा द्विपक्षीय वार्ताका क्रममा प्रारम्भिक भनाइ राख्दै खनालले नयाँ सरकार मुलुकको आधुनिक विकासमा भारतसँग साझेदारीका लागि सहकार्य गर्न तयार रहेको बताउनुभएकाे हाे ।
भारतसँग नयाँ सरकारले रूपान्तरणकारी र पारदर्शी सम्बन्ध विस्तार गर्न चाहेको उहाँले बताउनुभयाे । ”हामीसँग सुदृढ द्विपक्षीय सम्बन्ध विस्तारको मौका छ । भारत नेपालको व्यापार साझेदार मात्रै नभएर महत्त्वपूर्ण छिमेकी भएकाले सरकारले भारतसँगको सम्बन्ध प्राथमिकतामा राखेको छ,” उहाँले भन्रुभयाे ।
भारतले सौहार्द र प्राथमिकतासहित सत्कार गरेको भन्दै उनले भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गर्नुभयाे । भारत सरकारले इन्धन आपूर्ति, रासायनिक मल तथा प्राकृतिक विपद्का क्रममा नेपाललाई सहयोग गर्दै आएको भन्दै उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण सकेलगत्तै परराष्ट्रमन्त्री खनाल द्विपक्षीय वार्ताका लागि नयाँ दिल्ली पुगेका हुन् ।