काठमाडौं

नेकपा एमालेकी राष्ट्रियसभाकी सांसद रामकुमारी झाँक्रीले गत भदौ २४ गते जलाइएका सरकारी कार्यालय सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका निजी घर लगायतका घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं नहुने बताउनुभएको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सोही घटनाको निष्पक्ष छानविन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवार लगायतका ठाउँहरुलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उहाँले घटनाको तथ्य सार्वजनिक हुनुुपर्नेमा जोड दिनुभएको छ। सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताउनुभयो ।

सांसद झाँक्रीले राज्यकोविरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने समेत बताउनुभयो ।