काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारमा करछली प्रकरण तत्काल छानविन गर्न सरकारलाई दबाब दिनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ईभी गाडीहरुमा कर छली गर्ने काम अर्थमन्त्री स्वयमले गरेको जिकीर गर्दै तत्काल संसदीय छानविन समिति बनाएर त्यसको छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नुभयो ।
नेता शाहीले उक्त प्रकरणमा अर्थमन्त्री वाग्ले संसदीय समितिमा समेत झुट बोलेको आरोप समेत लगाउनुभएको छ ।
नेता शाहीले सरकारले सुशासनको कुरा गरेपनि वास्तविक रुपमा त्यसको पक्षमा काम नगरेको आरोप पनि लगाउनुभयो ।