काठमाडौं छिमेकी मुलुकं भारतमा तापलहर (लुं) का कारण १६ जनाको मृत्यु भएको छ ।
केही दिन यता चलेको लु बाट अहिलेसम्म कम्तीमा १६ जनाको जीवन गुमेको अधिकारीहरूले जनाएका हुन् । दक्षिण भारतको विभिन्न ठाउँमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
तापक्रम अत्यधिक बढेर तीव्र रुपमा लु लहर चल्न थालेपछि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ । भारतमा गर्मी असामान्य नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिला भन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको दक्षिण एशियाली राष्ट्रका भारत विभिन्न शहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित भएको हो । लुको मानरण दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु भएको छ ।
त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ ।