काठमाडौं । भारतले नेपालमा पेट्रोलियम आपूर्ति जस्तोसुके कठिन परिस्थितिमा पनि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा शनिबार यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । दुई देशको आवश्यकतामा सधैँ एकअर्काको साथमा रहेको बताउँदै उनले पेट्रोलिय आपूर्ति सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

“हाम्रा दुई देशहरू आवश्यकताको समयमा सधैं एकअर्काको साथमा उभिएका छन्। पश्चिम एसिया, मध्य पूर्वमा जारी संकटको परिप्रेक्ष्यमा, हामीले नेपाललाई निर्बाध इन्धन आपूर्ति सुनिश्चित गरेका छौँ,” उनले भने ।

उनले रासायनिक मल पनि उपलब्ध गराउने उल्लेख गरेका छन् ।