काठमाडौं । अर्थशास्त्री सुदनकुमार ओलीले नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताउनुभएको छ ।
अर्थशास्त्री ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन र भारत भ्रमणले दुवै छिमेकी राष्ट्रले नेपाललाई विशेष महत्व दिएको दावी गर्नुभएको हो । यस अवसरलाई समृद्धिमा बदल्नुपर्ने बताउदै उहाँले नेपालका लागि भारत र चीन दुवै अत्यन्त महत्वपूर्ण साझेदार राष्ट्र भएको बताउनुभयो् । नेपालको कुल आर्थिक हितमध्ये करिब ६५ प्रतिशतभन्दा बढी भारतसँग र २० प्रतिशत हाराहारी चीनसँग जोडिएको बताउनुभएको छ । नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक पृष्ठभूमि र वर्तमान विश्व आर्थिक परिवेश दुवै आधारमा मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
अर्थशास्त्री ओलीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र छैठौं ठूलो अर्थतन्त्र भारतकोबीचमा रहेको नेपालले रणनीतिक साझेदारीमार्फत ठूलो आर्थिक लाभ लिनसक्ने बताउनुभएको छ ।