काठमाडौं

लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाउनुभएको छ ।

काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा सोमबार पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताउनुभएको हो ।

भारत सरकारको विदेश मन्त्रालयले सोही भूमि नेपालको हो भन्ने दावी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो ।

अध्यक्ष राईले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भारतमा विगतमा पनि यस्तै भन्दै आएको भन्द असन्तुष्टि व्यक्त गर्नुभयो । .

सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ । पीडितको अवस्था बुझेर सो सम्बन्धि आन्दोलनलाई चर्काउने भन्दै अध्यक्ष राई सरकारले हटाएको सो बस्तीको अनुगमनको कामलाई शुरु गर्नुभयो ।