काठमाडौ यहि वैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ ।
उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।विश्वकै आठौ अग्लो मानिने ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण भएको ७० औं वर्षलाई विविध कार्यक्रम गरि धुमधामले मनाइने भएको छ ।
नेपाल पर्यटन वोर्ड, मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लगायत पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाको समन्वयमा चुमनुव्री गाउँपालिकाले कार्यक्रम गर्न लागेको हो ।
पहिलो पटक मनास्लु हिमाल आरोहण गर्नेहरुसँगै अन्य आरोहीहरुको मूर्ति अनावरण गरिने उनले जानकारी दिए । वैशाख २७ गते पोखरामा मनास्लु हिमाल आरोहणका तस्विर साथै मनास्लु हिमालको पहिलो सफल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रद्धर्शन हुने बताइएको छ । पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण गरिएका मनास्लु हिमालको थ्रि डी मोडलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष लामाले बताए ।