काठमाडाैं। कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चाँदनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो ।
‘घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,’ उहाँले भन्रुभयाे, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।’