काठमाडौं राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौंमा शनिबार राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले यस्तो बताउनजुभएको हो । हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैंगिक पक्षलाई थप सुदृढ बनाउन सुझावहरू प्राप्त भइरहेको उल्लेख गर्नुभयो । उहाँले संवैधानिक र कानूनी रूपमा प्राप्त अधिकारहरूलाई लक्षित वर्गसम्म पु¥याउनु नै अहिलेको प्रमुख कार्यभार भएकोमा जोड दिनुभएको छ ।
अध्यक्ष पराजुलीले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी रहेका विभेदहरू अन्त्य गर्न सबै पक्षको सामुहिक प्रतिवद्धता र सक्रियताको खाँचो रहेको समेत स्पष्ट पार्नुभयो ।