काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप)का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन निर्माण गरि कार्यन्वयन कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा मानव अधिकार रक्षकहरूको तर्फबाट जारी गरिएको १० बुँदे ‘काठमाडौं घोषणापत्र २०२६’ सार्वजनिक गर्दै अध्यक्ष भुसालले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षासम्बन्धी एकीकृत कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभयो । मानव अधिकार रक्षकहरू अझै पनि विभिन्न प्रकारका जोखिम, धम्की, दुव्र्यवहार र हिंसाको छायामा काम गर्न बाध्य रहेको उहाँको भनाई छ । यद्यपि नियमन गर्दा नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो ।
घोषणापत्रमा मानव अधिकार क्षेत्रमा कार्यरत संघसंस्था तथा सरोकारवालालाई अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि, राष्ट्रिय मञ्चहरूसँग जोड्ने तथा विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न एकवद्धता प्रदर्शन गर्न अपिल गरिएको छ ।