काठमाडौं

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्थामाथिको आक्रमण खतरनाक हुने बताउनुभएको छ।

उहाँले शनिबार सामाजित सञ्जालमार्फत यस्तो बताउनुभएको हो । सुकुम्बासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उहाँले सरकारको तयारी नपुगेको उल्लेख गर्नुभएको छ ।

सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट पनि उचित नभएको उहाँको तर्क छ । मन्दिर, स्कुल र गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय भएको उहाँको भनाइ छ ।

कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाउनु परेको भन्दै अध्यक्ष लिङ्देनले चिन्ता समेत व्यक्त गर्नुभयो ।