मुलुकका विभिन्न ठाउँको कुखुरा फार्ममा फेरि बर्डफ्लुको जोखिम बढ्न थालेको छ ।
केही साता अघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु पछिल्लो समय महोत्तरी, बारा र चितवनका विभिन्न कुखुरा फार्ममा भेटिएका छन् । केही दिन यता काठमाडौ भक्तपुर, ललितपुर र नवलपरासीमा पािरन बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यका पनि बर्डफ्लुको जोखिममा रहेको छ । बर्डफ्लु नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा द्रुत कार्य टोली परिचालन गरेको छ ।
विभागका अनुसर अहिलेसम्म १० जिल्लामा ७२ फार्मका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ । बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ ।