काठमाडौं । मुलुककै ठूलो स्थानीय तह काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । 


काठमाडौं महानगरले आर्थिक वर्ष २०८३ र ८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आन्तरिक आय र बैंक मौज्दात गरी कूल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयँँको स्रोत व्यवस्थापन हुने अनुमानसहितको बजेट बिहीबार प्रस्तुत गर्नु भएको हो । 


नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने अनुमानित बजेटमा उल्लेख गरिएको छ । काठमाडौं महानगरले बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार र सुशासनमा जोड दिएको छ । 




काठमाडौं महानगरले बजेटमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गर्दै रोजगारी र आय वृद्धिलाई उच्च प्राथामिकतामा राखेको छ ।