काठमाडौं ।
नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरुले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उक्त निर्वाचनमा कम्युनिष्ट दलहरुले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको नेता भुसालको भनाइ छ । उहाँले मुलुक पहिलेदेखि नै नालायकहरुबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरुबाट शासित हुन पुगेको टिप्पणी पनि गर्नुभयो ।
उहाँले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताउनु भयो । मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरु बढ्ने जोखिम बढेको उहाँको भनाइ छ । उहाँले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।