काठमाडौं ।

यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो । मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार यस वर्ष असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो । सामान्यतया जुन १३ मा भित्रिने मनसुन अक्टोबर २ मा बाहिरिने गरे पनि यस वर्ष सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो ।

असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागबाट बाहिरिन थालेको मनसुन अहिले देशभरबाट हटेको छ । मनसुन अवधिमा समग्रमा सरदर वर्षा भए पनि भूगोल अनुसार वर्षाको मात्रा फरक रहेको छ ।

तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ । मनसुन बाहिरिए पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेकाले ध्यान दिन आग्रह गरिएको छ ।