काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनका कारण ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिब २ लाख २६ हजार विपद्को जोखिममा रहेको जनाएको छ ।


प्राधिकरणकी सूचना अधिकारी शान्ति महतले यहि असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको बताउनुभएको हो । मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको प्राधिकरणले जनाएको हो । सूचना अधिकारी महतले मनसुनसँगै खडेरी र अत्यधिक गर्मीबाट उत्पन्न हुनसक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले प्राधिकरणले विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यका लागि ११ वटा मन्त्रालयबीच समन्वयको व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।


प्राधिकरणले विपद्को मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई समेत आवश्यक पूर्वतयारीसहित बस्न आग्रह गरेको छ ।