काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाका साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।