काठमाडौं नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कटाक्ष गर्नुभएको छ।

महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै यस्तो कटाक्ष गर्नुभएको हो ।

उहाँले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखापर्न थालेको समेत दावी गर्नुभएको छ । विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराउनुभयो। सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको बताउदै उहाँले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने महासचिव पोखरेलको तर्क छ । यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पु¥याउने खतरा रहने उहाँको भनाइ थियो ।

विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको महासचिव पोखरेलले बताउनुभयो ।