काठमाडौं विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधिसभाकोको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको गर्नुभएको हो । करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्रीमाथि निष्पक्ष छानबिन नहुँदासम्म नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताउनुभयो ।

करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानविन गरी सुशासनको मानक स्थापना गर्न समेत प्रमुख सचेतक ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संसदमा प्रश्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेकमा करका दरमा एकरुपता नभएको भन्दै अर्थमन्त्री वाग्लेको चर्को आलोचना भइरहेको छ ।