काठमाडौं   राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको जनाएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ । यसअघि राष्ट्रपति पौडेलले गत बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको थियो ।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपति पौडेलले हालसम्म ५ वटा अध्यादेश जारी गर्नुभएकोे छ । सवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने अध्ययनको क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको हो ।