काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।


राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार सोहीे विधेयक प्रमाणीकरण गर्नुभएको बताउनुभएको हो । कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । 


सङ्घीय संसदका दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने संवैधानिक व्यवस्था छ ।